काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा विवाह बन्धनमा बाधिएकी छन् । उनी प्रेमी सम्भव सिरोहियासँग आज विवाह बन्धनमा बाधिएकी हुन् ।
आज काठमाडौंको हायात होटलमा उनीहरुको विवाह समारोह भइरहेको छ । विवाह समारोहबाट श्रृंखलाको बिहेको पहिरन लगाएको तस्विर सार्वजनिक भएको छ जसमा उनी रातो सारीमा सजिएकी छिन् ।
विवाहमा दुवै तर्फका नजिकका आफन्त, साथीभाइ लगायतलाई निम्तो गरिएको छ । साथै पूर्व मिस नेपालहरू पनि विवाह समारोहमा पुगेका छन् । श्रृंखला र सम्भव करिव एक वर्षदेखि प्रेम सम्बन्धमा थिए ।