Skip to main content

काठमाडौं ।  दयाहाङ राई र सौगात मल्ल अभिनित फिल्म ‘हात्तीछाप’को टिजर सार्वजनिक भएको छ। आइतबार फिल्मको टिजर ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

सार्वजनिक टिजरमा सौगात र दयाहाङसहित फिल्मका मुख्य कलाकारहरु उपासना सिंह ठकुरी, बुद्धि तामाङ, विजय बराल, पुष्कर गुरुङलाई चित्रण गरिएको छ । यसबाहेक फिल्ममा बेनिशा हमाल, कमलमणि नेपाल, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, भोलाराज सापकोटा, सुष्मा निरौला, रियर राई लगायतको पनि अभिनय छ ।

सिमोस सुनुवारको निर्देशन रहेको फिल्ममा प्रदीप भारद्वाजको पटकथा रहेको छ । रेड बर्ड प्रोडक्शनको निर्माणमा तयार भएको फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन्। फिल्मका प्रोडक्सन हेड सुरज आचार्य हुन्।

यो फिल्म माघ २६ गतेबाट प्रदर्शनमा आउँदैछ ।