काठमाडौं । अभिनेता विराज भट्टले आफ्नै निर्माण तथा निर्देशन हुने नयाँ फिल्मको घोषणा गरेका छन् । बिहीबार फेसबुकमा एक थिम पोस्टर सार्वजनिक गर्दै फिल्म ‘१२ गाउँ’को निर्माण घोषणा गरेका हुन् । पोस्टरको पृष्ठभूमिमा गाउँलाई चित्रित गरिएको छ । विराज स्वयंको निर्देशन रहने फिल्म एक्सन(थ्रिलर कथामा बन्नेछ । विराज भट्ट फिल्म प्रडक्सनको ब्यानरमा फिल्म निर्माण हुनेछ ।
२०७६ सालमा रिलिज भएको फिल्म ‘साङ्लो’ उनले निर्माण तथा निर्देशन गरेको पहिलो फिल्म थियो । यही फिल्मबाट उनले ४ वर्षपछि नेपाली फिल्ममा कमब्याक गरेका थिए । त्यसअघि भोजपुरी फिल्ममा उनको व्यस्तता थियो । ‘साङ्लो’ले घरेलू बक्स अफिसमा सन्तोषजनक व्यापार गरेपछि विराजले ‘साङ्लो २’ निर्माणको संकेत गरेका थिए । तर, अब उनले ‘१२ गाउँ’ बनाउन लागेका छन् ।
विराजले फिल्म करिअरमा ७० भन्दा बढी फिल्ममा अभिनय गरेका छन् । २०५८ सालमा रिलिज भएको ‘खुकुरी’ अभिनेताको रुपमा उनको डेब्यु फिल्म थियो ।
विराज भट्टले गरे फिल्म ‘१२ गाउँ’ निर्माण घोषणा
