Skip to main content

काठमाडौं । पूर्व मिस नेपाल शृंखला खतिवडा र कान्तिपुर पब्लिकेसनका प्रबन्ध निर्देशक सम्भव  सिरोहिया विवाह बन्धनमा बाधिने भएका छन् । उनीहरु मंसिर २८ गते विवाह बन्धनमा बाधिने भएका हुन् ।

गत असोज २८ गते शृङ्खलाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफू सम्भवसँग प्रेममा रहेको सार्वजनिक गरेकी थिइन्। आफूहरु होपलेस–रोमान्टिक प्रवृत्तिको व्यक्तिहरु भएको  श्रृंखलाले क्यापसनमा उल्लेख गरेकी थिइन् ।

शृङ्खला सन् २०१८ मिस नेपालकी विजेता हुन्। उनी पेशाले इन्जिनियर हुन्। उनी हालै हार्वर्ड विश्वविद्यालयमा स्नातकोत्तर पढेर फर्केकी हुन्।