काठमाडौं । लेखक तथा निर्देशक दीपेन्द्र लामाले फिल्म ‘दुःखी आत्मा’ निर्देशन गर्ने भएका छन् । ‘नाङ्गो गाउँ’ कै ब्यानर क्लक वर्क क्रिएसन्स र हिमाल कडरिया निर्माता रहेको फिल्मको मुख्य भूमिकामा अभिनेतामा दयाहाङ राई अनुबन्धित भइसकेका छन् ।
हाल स्क्रिप्ट लेखन कार्य अन्तिम चरणमा पुगेको ‘दुःखी आत्मा’ निर्देशक लामा र निर्माता कडरियाबीच ‘नाङ्गो गाउँ’ पछि दोश्रो पटक सहकार्य हुन लागेको हो । ‘नाङ्गो गाउँ’ को सफलतासँगै निर्माता कडरियाले निर्देशक लामाकै लेखन, निर्देशनमा एउटा बेनामे र अर्को ‘नाङ्गो गाउँ–२’ गरी दुई फिल्म निर्माण गर्ने घोषणा गरेका थिए । अहिले आएर फिल्म नाम ‘दुःखी आत्मा’ तय गरिएको हो ।
२०८० सालको अन्त्यबाट छायांकन गर्ने जनाइएको यो फिल्मको कास्टिङ र प्राविधिकको चयन बाँकी छ । काठमाडौंमै खिचिने फिल्म सामाजिक र हास्यव्यंग्य कथावस्तुमा आधारित हुने निर्देशक लामाले जनाएका छन् ।
दयाहाङ र दीपेन्द्रले फिल्म ‘घामपानी’, ‘दुई नम्बरी’ र ‘नाङ्गो गाउँ’पछि चौथोपटक फिल्म ‘दुःखी आत्मा’मा सहकार्य गर्न लागेका हुन् ।