काठमाडौं । शंकर घिमिरेको लेखन तथा निर्देशनमा बन्ने फिल्म ‘तेल भिसा’ को प्रदर्शन मिति तय भएको छ । फिल्म अगामी भदौं २८ गतेदेखि प्रदर्शन हुने भएको छ।
फिल्ममा अभिनेता विपिन कार्की वर्षा राउत, गौरी मल्ल, ऋचा घिमिरे तथा बुद्धि तामाङको लगायतको कलाकारहरुको मुख्य भूमिका रहनेछ ।
सेभेन सिज इन्टरटेनमेन्ट र वेलडन क्रिएसनको संयुक्त निर्माण हुने फिल्मको छायांकन चैतदेखि सुरु हुने निर्माण टिमले जनाएको छ ।
फिल्मको छायांकन सुसन प्रजापतीले गर्नेछन् । विनोद पौडेल, अदिति खरेल र रमेश चौलागाईं फिल्मका निर्माता हुन्। फिल्मलाई रिच इन्टरटेन्मेन्ट र एफ डी कम्पनीले वितरण गर्नेछ।