काठमाडौं । अपर्ण थापा अभिनित फिल्म ‘रंगेली’ को पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा अभिनेता अर्पण थापालाई प्रस्तुत गरिएको छ।
अर्पण थापालाई पोस्टरमा ‘भगवान दादा’को पात्रमा देखाइएको छ । यसअघि निर्माण टिमले अभिनेत्री मिरुना मगर र अभिनेता दयाहाङ राईको पोस्टर सार्वजनिक गरेको थियो ।
फिल्ममा अर्पणसँगै दयाहाङ राई, मिरूना मगर, प्रविण खतिवडा,रमेश बुढाथोकीलगायत कलाकारहरुको अभिनय रहेको छ। साथै फिल्मलार्इ सुसन प्रजापतिले छायांकन गरेका छन् ।
संसार चौलागाईं र रमेश भट्टराई निर्माता रहेको यस फिल्ममा युवक कार्की र शिव शंकर चौलागाईं सह-निर्माता छन्। फिल्मका कार्यकारी निर्माता जितेन्द्र खतिवडा र अनुजजंग थापा हुन्।