Skip to main content

काठमाडौं । प्रदीप खड्काको पहिलो हिन्दी फिल्म ‘ऐरी’ निर्माणको घोषणा गरिएको छ । निर्माण युनिटले मंगलबार फिल्मको पोस्टरसँगै मोसन टिजर सार्वजनिक गर्दै फिल्म घोषणा गरेको हो ।

टिजरले फिल्ममा प्रदीपको पात्रबारे जानकारी दिन्छ । टिजरमार्फत फिल्म सिकारीको कथावस्तुमा आधारित रहेको अनुमान गर्न सकिन्छ ।

जीवन थापाको निर्देशन रहने यो फिल्मलाई सुवास काले, रञ्जनकुमार गुप्ता र राजन कुँवरले मिलेर बनाउँदैछन् । सुवास काले प्रदीपको अघिल्लो फिल्म ‘प्रेमगीत ३’ को हिन्दी संस्करणका निर्मातासमेत हुन् ।

यो फिल्मलाई सन् २०२४ मा रिलिज गर्ने तयारी समेत गरिएको छ । बीग बजेटमा निर्माण हुने भनिएको यो चलचित्रलाई भारतका विभिन्न भाषामा निर्माण गरिने बताइएको छ ।