Skip to main content

काठमाडौं । अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको मुख्य भूमिका रहने फिल्म ‘फर्की फर्की’को शुभमुहूर्त गरिएको छ । शुक्रबार ललितपुरस्थित बंगलामुखी मन्दिरबाट फिल्मको शुभमुहूर्त गरिएको हो ।

सुयोग गुरुङको निर्देशन रहने उक्त फिल्म आगामी वर्षको जेठ ११ प्रदर्शनमा आउने निर्माण टिमले जनाएको छ । फिल्मको छायांकन मंसिर ११ गते तालनगरी पोखराबाट सुरु हुनेछ । अन्नपूर्ण बेसक्याम्प, काठमाडौं, मुस्ताङ र इन्डोनेसियाको बालीमा पनि छायांकन गरिनेछ ।

रोहितका अलवा ओमप्रकाश अग्रवाल निर्माता रहने फिल्मको सह–निर्मातामा मनोज वली र राम न्यौपाने रहेका छन् । फिल्ममा अनमोल केसी, जसिता गुरुङसँगै माओत्से गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल लगायतको अभिनय रहनेछ ।