Skip to main content

बलिउड फिल्म ‘टाइगर ३’ को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले उक्त टिजर शुक्रबार यशराज फिल्मसको युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो ।

सार्वजनिक टिजरमा अभिनेता सलमान खान, इमरान हासमी र अभिनेत्री कट्रिना कैफको एक्सन देख्न सकिन्छ । मनिष शर्माले निर्देशन गरेको यस फिल्ममा आदित्य चोपडाको लगानी रहेको छ ।

फिल्ममा सलमान खान, कट्रिना कैफ र इमरान हासमीको मुख्य भूमिका रहेको छ। ‘टाइगर ३’ नोभेम्बर १२ गतेबाट हिन्दी, तमिल र तेलगू गरी तीन भाषामा प्रदर्शन हुँदैछ ।