काठमाडौं । सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म ‘कबड्डी ४’ मंगलबार युट्युबमा रिलिज भएको छ । निर्माता कम्पनी बाँसुरी फिल्म्सले आफ्नो युट्युब च्यानलबाट फिल्म रिलिज गरेको हो ।
२०७९ साल जेठ १३ गते ‘कबड्डी ४’ सिनेमा हलमा रिलिज भएको थियो । चलचित्र विकास बोर्डका अनुसार यो फिल्मले बक्स अफिसमा २२ करोड रुपैयाँ कमाइ गरेको थियो । यस फिल्मले सफलताका साथ नेपाली सिनेमा हलमा ५१ औं दिन समेत मनाएको थियो।
रामबाबु गुरुङ निर्देशित यस फिल्ममा दयाहाङ राई, सौगात मल्ल र मिरुना मगर लगायतको मुख्य भूमिका रहेको छ ।
दयाहाङ राई, सौगात मल्ल र मिरुना मगरसँगै फिल्ममा गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।