काठमाडौं । दयाहाङ राई अभिनित फिल्म ‘दयारानी’ आउँदो माघ २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो ।
सार्वजनिक पोष्टरमा अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनलाई प्रस्तुत गरिएको छ । माओत्से गुरुङले निर्देशन गरेका उक्त फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भूमिका रहेको छ ।
फिल्ममा दयाहाङ र दीयासँगै विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
रामबाबु गुरुङ र अपिल विष्ट कार्यकारी निर्माता रहेको यस फिल्मको छायांकन शैलेन्द्रध्वज कार्कीले गरेका हुन् ।