काठमाडौं । दिपेन्द्र के खनाल निर्देशित फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ को ट्रेलर सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो ।
सार्वजनिक ट्रेलरमा अभिनेता विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का लगायतलाई प्रस्तुत गरिएको छ । खगेन्द्र लामिछाने र निर्देशक खनाल निर्माता रहेको फिल्मको कथा ‘पशुपति प्रसाद’ जहाँ अन्त्य भएको थियो, त्यहीँबाट सुरु हुने बताइएको छ ।
फिल्ममा विपिन कार्कीसँगै स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल प्रकाश दाहालको पनि अभिनय रहेको छ । सिनेमाको एक गीतमा अभिनेत्री आँचल शर्मा र अभिनेता निश्चल खड्का पनि विशेष भुमिकामा देखिने छन् ।
फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ दशैंको अवसर पारेर आउँदो कार्तिक ४ गतेबाट प्रदर्शन हुनेछ ।