काठमाडौं । फिल्म ‘हात्तीछाप’को नयाँ पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले सोमबार फिल्मको दुई नयाँ पोस्टर सार्वजनिक गरेको हो ।
सार्वजनिक पोस्टरमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, विल्सन विक्रम राई, विजय बराललाई प्रस्तुत गरिएको छ।
सिमोस सुनुवार निर्देशित फिल्मलाई पुष्कर गुरुङ र अमलादेवी राईले निर्माण गरेका हुन् । फिल्ममा दयाहाङ राईसँगै सौगात मल्ल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, भोलाराज सापकोटा, विनोद न्यौपाने, कविता आले, सुष्मा निरौला, रियर राई, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, बेन भुजेल, अनिता गिरी लगायत कलाकारको अभिनय रहेको छ।
साथै फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन्। यो फिल्म माघ २६ गते प्रदर्शन हुनेछ ।