काठमाडौं । निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’को दोस्रो गीत सार्वजनिक भएको छ। सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै निर्माण टिमले ‘झम्के झमा झम’ बोलको गीत सार्वजनिक गरेको हो ।
सुमित खड्का र नम्रता काफ्लेको स्वर रहेको गीतमा बाबुल गिरीको शब्द, संगीत तथा संगीत संयोजन रहेको छ। उक्त गीतमा निश्चल बस्नेतसँगै स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, सुपुष्पा भट्ट, दयाहाङ राई र अर्पण थापाको नृत्य देख्न सकिन्छ ।
सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको फिल्ममा सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्का लगायतको कलाकारहरुले अभिनय गरेका छन्।
फिल्म तिहारको अवसर पारेर आगामी कार्तिक २४ गतेबाट प्रदर्शन हुनेछ ।