काठमाडौं । अभिनेता अनमोल केसीलाई म्याद थप गर्न सरकारी वकिलको कार्यालयमा लगिएको छ । टेकुस्थित काठमाडौं प्रहरी परिसरमा सोधपुछ गरी उनलाई त्यहाँबाट सरकारी वकिलको कार्यालय लगिएको हो ।
आपराधिक विश्वासघातको आरोपमा शुक्रबार दिउँसो प्रहरीले उनलाई साँगाबाट पक्राउ गरेको थियो । एड्भान्स लिएर फिल्म खेल्न अस्वीकार गरेको भन्दै फिल्म ‘रावायण’का निर्माताले अनमोलविरुद्ध उजुरी दिएका थिए । फिल्ममा काम गर्ने सर्तमा अनमोललाई निर्माण टिमले १० लाख रुपैयाँ एड्भान्स दिएको थियो ।
शुक्रबार नै उनी चिरायु अस्पताल भर्ना भएका थिए । पक्राउ परेका केसीको स्वास्थ्यमा अचानक समस्या आएपछि महाराजगञ्जस्थित चिरायु अस्पताल भर्ना गरिएको थियो ।