काठमाडौं । दिपेन्द्र के खनाल निर्देशित फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ को नयाँ पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक पोष्टरमा अभिनेता सौगात मल्ललाई प्रस्तुत गरिएको छ ।
उक्त पोष्टरमा सौगात मल्ल आक्रोशित लुक्समा देखिएका छन् ।
खगेन्द्र लामिछाने र निर्देशक खनाल निर्माता रहेको फिल्मको कथा ‘पशुपति प्रसाद’ जहाँ अन्त्य भएको थियो, त्यहीँबाट सुरु हुने बताइएको छ । फिल्ममा ‘पशुपति प्रसाद’मा हनुमानको भूमिका निर्वाह गरेका कलाकार रवीन्द्र सिंह बानियाँको पनि मुख्य भूमिका रहने छ ।
फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल प्रकाश दाहालको पनि अभिनय रहेको छ । सिनेमाको एक गीतमा अभिनेत्री आँचल शर्मा र अभिनेता निश्चल खड्का पनि विशेष भुमिकामा देखिने छन् ।
यसअघि सन् २०१६ मा प्रदर्शनमा आएको फिल्म ‘पशुपति प्रसाद’लाई दर्शकहरुले निकै रुचाएका थिए । फिल्म कार्तिक ४ गतेदेखि प्रदर्शन हुँदैछ।