काठमाडौं । दिपेन्द्र के खनालद्धारा निर्देशित फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ दशैंको अवसर पारेर आउँदो कार्तिक ४ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
खगेन्द्र लामिछाने र निर्देशक खनाल निर्माता रहेको फिल्मको कथा ‘पशुपति प्रसाद’ जहाँ अन्त्य भएको थियो, त्यहीँबाट सुरु हुने बताइएको छ । फिल्ममा ‘पशुपति प्रसाद’मा हनुमानको भूमिका निर्वाह गरेका कलाकार रवीन्द्र सिंह बानियाँको पनि मुख्य भूमिका रहने छ ।
फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल प्रकाश दाहालको पनि अभिनय रहेको छ । सिनेमाको एक गीतमा अभिनेत्री आँचल शर्मा र अभिनेता निश्चल खड्का पनि विशेष भुमिकामा देखिने छन् ।
यसअघि सन् २०१६ मा प्रदर्शनमा आएको फिल्म ‘पशुपति प्रसाद’लाई दर्शकहरुले निकै रुचाएका थिए ।