Skip to main content

काठमाडौं । फिल्म ‘परदेशी २’ को नयाँ गीत सार्वजनिक भएको छ। बुधबार निर्माण टिमले ‘परदेशी छुकछुके रेलैमा’ बोलको झयाउरे गीत सार्वजनिक गरेको हो।

गीतमा निर्देशक नारायण रायमाझीसँगै तेजेन्द्र गुरुङ, टिका पुन, देवी घर्ती र ममता गुरुङको स्वर रहेको छ भने प्रेमदेव गिरी र नारायण रायमाझीले संगीत भरेका छन् ।

मानकृष्ण महर्जनले छायांकन गरेको गीतमा प्रकाश सपूत, केकी अधिकारी, प्रशान्त तामाङ लगायतको नृत्य देख्न सकिन्छ।

फिल्ममा प्रकाश सपूत, केकी अधिकारी, प्रशान्त तामाङ, वर्षा शिवाकोटी, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, सविन बास्तोला, देवेन्द्र बब्लु लगायतका कलाकारहरुको अभिनय रहेको छ। यहि फिल्म मार्फत गायक प्रकाश सपूतले अभिनयमा डेब्यु गरेका छन् ।

युवापुस्तामा बढ्दो विदेश मोहको कथामा आधारित चलचित्रलाई रमेश बिजीले लेखेका हुन् । ‘परदेशी २’ दशैंको अवसर पारेर असोज २६ गतेदेखि प्रदर्शनमा आउने निर्माण टिमले जनाएको छ ।