काठमाडौं । अभिनेत्री रेखा थापा आमा बन्ने भएकी छिन् । गतवर्ष बलराम शाहीसँग विवाह बन्धनमा बाँधिएकी थापाले पहिलो सन्तानलाई जन्म दिन लागेकी हुन् ।
रेखा थापाले मंगलबार श्रीमानसँग एक तस्विर शेयर गर्दै आफ्नो सामाजिक सञ्जालमा एक स्टाटस लेखेकी छन् । स्टाटसमा लेखिएको छ, ‘भविष्य पनि गज्जबको उपहार हो । जो नआउँदै हामीलाई किस्ता किस्तामा खुशी पठाइदिन्छ ।’
पहिलो सन्तानलाई जन्म दिन लागेकी रेखा हाल फिल्म ‘उपहार’ को छायांकन पनि गरिरहेकी छिन् । उक्त फिल्मको छायांकन काठमाडौँका विभिन्न स्थानमा भइरहेको छ । फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् ।