काठमाडौं । फिल्म ‘परदेशी २’ सेन्सर पास भएको छ । नारायण रायमाझी निर्देशित उक्त फिल्मलाई चलचित्र सेन्सर बोर्डले ‘पीजी’ प्रमाण पत्र दिँदै सेन्सर पास गरेको हो ।
यहि फिल्म मार्फत गायक प्रकाश सपूतले अभिनयमा डेब्यु गरेका छन् । प्रकाश सपूतसँगै फिल्ममा वर्षा सिवाकोटी, केकी अधिकारी, प्रशान्त तामाङ, दीलीप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्की लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
युवापुस्तामा बढ्दो विदेश मोहको कथामा आधारित चलचित्रलाई रमेश बिजीले लेखेका हुन् । ‘परदेशी २’ दशैंको अवसर पारेर असोज २६ गतेदेखि प्रदर्शनमा आउने निर्माण टिमले जनाएको छ ।