एजेन्सी । भारतीय अभिनेत्री परिणीति चोपडा र सांसद राघव चड्ढा विवाह बन्धनमा बाँधिएका छन् । आइतबार उदयपुरको होटेल लीला प्यालेसमा उनीहरुले विवाह गरेका हुन् ।
परिणीतिले सामाजिक सञ्जाल इन्स्टाग्राममा विवाहको तस्विर सार्वजनिक गरेकी छिन् ।
विवाहको तस्विर सार्वजनिक गर्दै परिणीति लेख्छिन् ‘हाम्रो मनले ब्रेकफास्ट टेबलमा भएको पहिलो कुराकानीबाटै एकअर्कालाई चिनेको थियो । लामो समयदेखि हामीलाई यो दिनको प्रतीक्षा थियो । अन्ततः श्रीमान् र श्रीमती बन्ने अवसर पायौं । हामी एकअर्काबिना बाँच्न सक्दैनौं ।’
यसअघि परिणीति र राघवले वैशाखमा इन्गेजमेन्ट गरेका थिए।
तस्विरहरु: