Skip to main content

काठमाडौं । दिवाकर भट्टराई निर्देशित फिल्म हनी बनी को प्रदर्शन मिति तय भएको छ । निर्माण टिमले फिल्मको फस्टलुक सार्वजनिक गर्दै उक्त फिल्म माघ २६ गते प्रदर्शन हुने जनाएको छ ।

सार्वजनिक पोष्टरमा अभिनेता अभिमन्यु तोमर र जसिता गुरुङ रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ। अभिमन्यु भारतीय मोडल हुन् । उनको यो पहिलो फिचर फिल्म हो।

एबी इन्टरनेशनल र गौतम प्रोडक्सन एण्ड भ्वाइस फिल्मस्सँग सहकार्य गरेर निर्माण गरेको फिल्मका निर्मातामा अमित बस्नेत, परी राना र आरोन बस्नेत छन् भने सह–निर्माता अजित थापा र सनिस खकुरेल हुन् । अंकित गौतम कार्यकारी निर्माता रहेको फिल्मको एसोसिएट निर्मातामा सुरज कुँवर र अजित पल सिंह छन् ।

फिल्ममा सूर्यमाला खनाल, सलोन बस्नेत, अजुनजंग शाही लगायतका कलाकारहरुको समेत अभिनय रहेको छ ।