माघको २६ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘हात्तीछाप’ को पोस्टर सार्वजनिक गरिएको छ।
निर्माण टिमले अभिनेता दयाहाङ राई र अभिनेत्री उपासना सिंह ठकुरीको पोस्टर सार्वजनिक गरेका हुन्। जसमा दुवैलाई बन्धक बनाइएको देख्न सकिन्छ । यसअघि अभिनेता सौगात मल्लको मात्र पोस्टर सार्वजनिक गरिएको थियो।
फिल्ममा दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, भोलाराज सापकोटा, विनोद न्यौपाने, कविता आले, सुष्मा निरौला, रीयर राई, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, बेन भुजेल लगायतको अभिनय छ ।
प्रदीप भारद्वाजको लेखन रहेको ‘हात्तीछाप’का प्रस्तुतकर्ता किरण नेपाली हुन् भने कार्यकारी निर्माता सरोज नेपाली छन् । फिल्ममा पुष्कर गुरुङ र अमलादेवी राईको लगानी छ । सुशान्त प्रजापतिले फिल्मको छायांकन गरेका हुन् ।